![पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु, १३ सय १३ संक्रमित [पूर्ण विवरणसहित]](https://lktcdn2.prixacdn.net/media/Corona_death_PZ8PztjQ62.png)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयले शुक्रवार एक सूचना जारी गरी ६ जनाको मृत्यु भएको जनाएको हो ।
मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौँमा ७५ वर्षीया महिला र कपिलवस्तुकी ७० वर्षीया महिला रहेका छन् ।
यससँगै देशभर हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ सय पीसीआर परीक्षणमा १३ सय १३ कोरोना संक्रमित भेटिएका छन् भने १४ सय ५५ डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ सय ५५ रहेको बताए ।
संक्रमणमा आएको वृद्धिसँगै होम आइसोलेसनमा बस्नेहरूको संख्या पनि बढ्दै गएको छ ।
संक्रमितमध्ये ८ हजार २३७ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको विवरण -






