
महालक्ष्मी विकास बैंक लि. ले शुक्रबारदेखि सिराहाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।
बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।