१८ असार २०८३, बिहीबार

प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण

प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

 काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए  ।  उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । उनका अनुसार  रु ५२  राजस्व  र  रु ८  खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्