३० जेठ २०८३, शनिबार

कोरोनाविरुद्धको खोपबारे चीनले गर्यो महत्त्वकांक्षी घोषणा, खोपको ६१ करोड मात्रा उत्पादन गरिने

असोज ९, २०७७
कोरोनाविरुद्धको खोपबारे चीनले गर्यो महत्त्वकांक्षी घोषणा, खोपको ६१ करोड मात्रा उत्पादन गरिने

 चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड मात्रा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्धको खोप उत्पादन गर्ने दावी गरेको छ ।

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार वटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ ।

विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ सङ्क्रमितमध्ये करीव १० लाख मानिसको मृत्यु भइसकेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, “चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड  मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को बर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।”

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनको भनाइ छ, “चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।”

चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयम्सेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दावी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्