काठमाडौं, २५ वैशाख– संयुक्त राष्ट्र संघले नेपालमा पनि बिभिन्न कार्यक्रम गरी चौथो सडक सुरक्षा सप्ताह मनाइरहेको छ । सप्ताहव्यापी कार्यक्रम आजबाट सुरू भएको हो ।
नेपाल प्रहरी, यातायात ब्यबस्था बिभाग, सडक बिभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठ्माडौं महानगरपालिका र रोड सेफ्टी नेपालको संयुक्त सहभागितामा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा भौतिक योजना ,निर्माण तथा यातायात मन्त्रालयका सचिब भिम बहादुर तामाङले सवारी दुर्घटना रोक्न कानूनीरुपमा पर्याप्त ब्यबस्था भए पनि कार्यान्वयन हुन नसकेको स्विकार गरे ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले पछिल्लो समय नेपालमा सवारी दुर्घटनाको मुख्य कारण तीब्र गति पनि रहेको बताए । सार्क राष्ट्रमा आबद्द सम्पुर्ण देशहरूमा मनाईएको यो चौथो सडक सुरक्षा सप्ताहको पहिलो दिन बिभिन्न सरोकारवाला निकायहरुका प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौंको माईतिघरबाट प्रभातफेरी समेत निकालिएको थियो ।