११ साउन २०८३, सोमबार

आईपीएलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले हार्यो चेन्नई

आईपीएलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले हार्यो चेन्नई

काठमाडौं‌। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।
 
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।

१७६ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो र ऊ ४४ रनले पराजित हुन पुग्यो । दिल्लीको टीममा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत रहेका छन् । तर आजको खेलमा उनी सुरुवाती ११ भित्र परेनन् ।

salt training

कमेन्ट गर्नुहोस्