
शनिवार दिउँसो एनसीबीले ड्रग्स प्रकरणबारे एनसीबीले अभिनेत्री सारा अली खानसँग सोधपुछ गर्यो । यद्यपी उनले ड्रग्स लिएको स्विकार गरिनन् ।
उनले सुशान्तले चाहिं ड्रग्स लिने गरेको बताइन् ।
सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान गरिरहेको समयमा एनसीबीले अहिले ड्रग्स प्रकरणबारे पनि अनुसन्धान गरिरहेको छ ।
बलिउडका चर्चित अभिनेत्रीहरू यस प्रकरणमा मुछिएका छन् ।
शनिवार मात्रै एनसीबीले दीपिका पादुकोण, सारा अली खान, करिश्मा प्रकाश, श्रद्धा कपूरसँग सोधपुछ गरेको छ ।
सोधपुछकै क्रममा साराले एनसीबीलाई केही समयअघि सुशान्तले ड्रग्स लिने गरेको बताउँदै आफूमाथि लागेको आरोपको खण्डन गरिन् ।
अहिले सुशान्तका साथी तथा फ्यानहरू सारामाथि खनिएका छन् । युवराज सिंह सुशान्तका नजिकका साथी हुन् । उनले सुशान्तको पक्षमा बोल्दै साराको आरोपको खण्डन गरेका छन् ।
एन न्यूज पोर्टलमा अन्तर्वाता दिने क्रममा युवराज सिंहले साराको बयानमा आक्रोश व्यक्त गरे । उनले साराले आफूलाई बचाउनका निम्ति सुशान्तलाई ड्रग्स प्रकरणमा मुछेको आरोप लगाएका छन् ।
यससँगै सुशान्तका फ्यानहरूले समेत साराले आफूलाई बचाउन सुशान्तमाथि गलत आरोप लगाएको बताउन थालेका छन् ।