
त्रिभुवन विश्वविद्यालयले ह्यान्ड स्यानिटाइजरको उत्पादन शुरू गरेको छ ।
डा. गिरिराज त्रिपाठी नेतृत्वको टोलीले ह्यान्ड स्यानिटाइजरको उत्पादन शुरू गरेको हो ।
एग्रो बायोमटेरियल रिसर्च सेन्टरमा तयार भएको स्यानिटाइजर विश्वविद्यालयले आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने छ ।
डा. गिरिराज त्रिपाठीले सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै यसबारे जानकारी गराएका हुन् ।
उनले लेखेका छन्,‘बजारको विषाक्त ह्यान्ड स्यानिटाइजरका कारण धेरैलाई एलर्जी र नकारात्मक असर परेकाले त्रिवि आफैले आन्तरिक प्रयोग गर्ने गरी स्यानिटाइजर बनाउने कार्यको शुरुवात भयो । यो बिक्रीको लागि होइन ।'