०२ असार २०८३, मंगलबार

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

सुनसरी । सुनसरीको    वराह नगरपालिका-१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको हत्या भएको छ ।  चटपटेको निहुँमा १५ वर्षीय किशोरले हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति सो घटना भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले संघीय प्रहरी इकाई कार्यालय केनाईन शाखामा ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने “लैला” नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

मृतककी आमा विरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिकाको चटपटे किन्न आएका प्रतिवादीसँग चटपटे कै निहुँमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्