
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार पनि छलफल हुँदैछ ।
ओलीसँगको छलफलका लागि प्रचण्ड खुमलटारबाट बालुवाटारका लागि प्रस्थान गरिसकेका छन् ।
बिहान साढे ११ बजेपछि दुई अध्यक्षको भेट तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
मन्त्रिमण्डल पुनर्गठनको विषयलाई लिएर बिहीवार, शुक्रवार र आइतवार पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।
कति जना मन्त्री फेर्ने भन्नेमा अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको नेकपा स्रोतले बतायो ।
गत भदौ २६ गतेसम्मको स्थायी कमिटी बैठक र त्यसपछि बसेको सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेको थियो ।