१३ असार २०८३, शनिबार

इलाम बन्यो कोरोना ‘सक्रिय संक्रमित शून्य’ जिल्ला

असोज १२, २०७७
इलाम बन्यो कोरोना ‘सक्रिय संक्रमित शून्य’ जिल्ला
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना सक्रिय संक्रमित शून्य जिल्ला भएको छ ।

कोरोनाका सक्रिय संक्रमितहरू घर फर्किएपछि इलाम कोरोना संक्रमण शून्य भएको हो ।

गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा ३ महिनापछि कोरोना पोजेटिभको संख्या शून्य भएको हो ।  

जिल्लामा हालसम्म ९३ व्यक्ति संक्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका १ युवामा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लामा ४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । 

जिल्लामा गत जेठमा २, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्याेदय नगर १५, सन्दकपुर गाउँपालिका ८, माई नगर ५, देउमाई नगर ४, चुलाचुली ३ र रोङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्