
नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन पेश गर्ने समयावधि थप गरेको छ ।
सोमवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले असोज ३० गतेसम्म पुनरकर्जाको लागि आवेदन पेश गर्ने समयावधि थप गरेको हो ।
यसअघि पुनरकर्जाको लागि आवेदन पेश गर्ने समयावधि असोज १४ गतेसम्म रहेको थियो ।
केन्द्रीय बैंकले कोरोना महामारीका कारण सिर्जित लकडाउन, निषेधाज्ञा लगायतका कारण अवरोध सिर्जना भएको र समयावधि थप्न विभिन्न निकायबाट माग भएबमोजिम पुनर्कर्जाका लागि आवेदन दिने समयावधि थप गरिएको स्पष्ट पारेको छ ।