२४ असार २०८३, बुधबार

मन्त्री अर्यालले गरिन् सिद्धार्थ राजमार्ग विस्तारबारे जनप्रतिनिधिसँग छलफल

असोज १२, २०७७
मन्त्री अर्यालले गरिन् सिद्धार्थ राजमार्ग विस्तारबारे जनप्रतिनिधिसँग छलफल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेकी छन् ।

राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग सोमवार मन्त्रालयमा छलफल गरेकी हुन् ।

उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटक–पटक व्यहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताइन् । ‘सिद्धार्थ राजमार्ग अत्यन्तै महत्त्वपूर्ण छ, यससँग विकासका कुराहरू जोडिएका छन्,’ मन्त्री अर्यालले भनिन्, ‘सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक–पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ ।’

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्