
काठमाडौं । काठमाडौंमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या १८ हजार १३० पुगेको छ।
यस्तै संक्रमितमध्ये हालसम्म ९ हजार ५७९ जना निको हुँदा ९२ जनाको मृत्यु समेत भएको छ। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ४५९ रहेको छ ।
यसैगरी उपत्यकाकै अर्को जिल्ला भक्तपुरमा कोरोना संक्रमितको संख्या १९६४ पुगेको छ भने संक्रमितमध्ये १०२४ जना निको भएका छन् । यस्तै हाल ९१९ जना सक्रिय संक्रमित रहँदा भक्तपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
यसैगरी ललितपुरमा २२३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म ११६१ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ। हाल ललितपुरमा सक्रिय संक्रमितको संख्या १०५० रहेको मन्त्रालयले जनाएको छ ।
आजमात्र उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।