रूसमा कोरोनाभाइरसका कारण थप आठ हजार १३५ जना सङ्क्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा थपिएका ती सङ्क्रमितसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ ।
राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् । केही अघिमात्रै रुसले कोरोना भ्याक्सिन बनाएको दावी गरेके थियो ।तर सो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि सर्वसाधरणलाई लगाउन थालिएको समाचारहरु जनाइएको छ ।