१६ असार २०८३, मंगलबार

तेस्रो बिहे गर्न खोज्ने व्यक्तिलाई दुई पत्नीले यसरी चुटे

असोज १३, २०७७
तेस्रो बिहे गर्न खोज्ने व्यक्तिलाई दुई पत्नीले यसरी चुटे

भारतको तमिलनाडुस्थित तिरुपुरमा एक व्यक्तिले दुई पत्नी हुँदाहुँदै तेस्रो विवाहको कोशिश गरेपछि दुवै पत्नीले बेस्सरी कुटपिट गरेका छन् । 

दिनेश रासिपलायम नामक २६ वर्षीय व्यक्ति एक निजी कम्पनीमा काम गर्छन् । उनले सन् २०१६ मा तिरुपुरकै प्रियदर्शिनीसँग विवाह गरेका थिए । बिहेको केही दिनपछि नै उनले प्रियदर्शिनीलाई अपशब्द बोल्दै कुटपिट गर्न थालेको आरोप छ । सहन नसकेपछि प्रियदर्शिनीले दिनेशलाई छोडेर माइतमा बस्न थालिन् । यो घटना केही समय अघिको हो । 

त्यसपछि सन् २०१९ मा दिनेशले म्याट्रिमोनियल साइटमा भेटिएकी अनुप्रियासँग विवाह गरिन् । अनुप्रिया डिभोर्सी थिइन् । अनुप्रियालाई पनि दिनेशले कुटपिट गर्न थालेको आरोप छ । अपशब्द बोल्ने, कुटपिट गर्ने अनि दाइजो नल्याएको भन्दै व्यंग्य गर्ने काम गरेपछि अनुप्रिया पनि उसलाई छोडेर माइतमा बस्न थालिन् । 

गत साता अनुप्रिया र प्रियदर्शिनी दुवैले दिनेश फेरि बिहेको तयारी गरिरहेको थाहा पाए । उसले म्याट्रिमोनियल साइटमार्फत नै विवाह गर्न खोजेको पाइयो । 

सोमवार उनीहरू दिनेशले काम गर्ने कम्पनी पुगे । दिनेशलाई भेट्न कार्यालयभित्र जान अनुमति नपाएपछि उनीहरूले दिनेशलाई बाहिर बोलाउनका लागि धर्ना दिए । दिनेश गेटबाट बाहिर निस्कनेबित्तिकै दुवै महिलाले उसलाई रामधुलाइ गरे । 

दुवै महिलाले दिनेशविरुद्ध सुलुर प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्