बाग्मती प्रदेशकी प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ ।
प्रतिनिधि सभा सदस्य विरोध खतिवडाकी धर्मपत्नी तथा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा समेत रहेकी सिग्देलले आफूलाई कोरोना संक्रमण भएको फेसबूकमार्फत् जानकारी गराएकी छन् ।
सामान्य रुघाखोकी लागेपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको भन्दै उनले फेसबूकमा लेखेकी छन्–
'म अहिले काठमाडौंमा छु । आश्विन ५ गते हेटौंडाबाट आएको । सामान्य रुघाखोकी लागेकाले पीसीआर टेस्ट गराएँ । रिपोर्ट पोजेटिभ आएकाले घरमै सेल्फ आइसोलेसनमा छु । मेरो अस्था सामान्य रहेको छ ।'
सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष समेत हुन् ।