२३ असार २०८३, मंगलबार

२०७२ सालदेखि बन्द तातोपानी नाका असोज १९ देखि खुल्ने

२०७२ सालदेखि बन्द तातोपानी नाका असोज १९ देखि खुल्ने
फाइल फोटो

लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द रहँदै आएको छ ।

तातोपानी नाका सञ्चालनका लागि सरकारले चीनसँग पटक–पटक आग्रह गर्दै आएको थियो ।

अनौपचारिक ढंगले केही समय सञ्चालनमा आएपनि पूर्णरूपमा सञ्चालनमा आउन भने सकेको थिएन ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असोज १९ देखि नाका खुलाउने सहमति भएको जानकारी दिए । 

आज (मंगलवार) चिनियाँ टोली र भन्सारका प्रतिनिधि समेतको छलफलले १९ गतेदेखि भन्सार सुचारू गर्ने निर्णय गरेको ढकालले लोकान्तरसँग बताए ।

१८ गतेसम्ममा तयारी सकिने र १९ गतेबाट सामान आउन थाल्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्