![पैसा पाइने लोभमा यी बाबुले आफ्नै छोरालाई समुद्रमा धकेले [भिडियो]](https://lktcdn2.prixacdn.net/media/china_r1MXnVtQeP.jpg)
चीनको दक्षिणी प्रान्तमा आफ्नै बाबुले अपांग छोरालाई समुद्रमा धकेलिदिएका छन् । ३८ वर्षका वौद्धिक अपांग ती छोरालाई बाबुले पैसा पाइने लोभमा समुद्रमा धकेलेका हुन् ।
६४ वर्षका याङलाई आफ्नै छोरालाई समुद्रमा धकेलेर मारेको आरोपमा पक्राउ गरिएको छ । उनले छोरा परिवारका लागि बोझ भएको भन्दै आफूमाथि लागेको आरोप स्वीकारे । छोरा हराएमा सरकारबाट पैसासमेत पाइने उनले बताएका थिए ।
हैनान प्रहरीले मंगलवार याङका छोराको मृत शरीर बरामद गरेको छ ।
अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरूले नजिकै रहेको सीसीटीभी फुटेज हेरेका थिए । भिडियोमा बाबुले छोरालाई धकेल्दै गरेको देखिएको थियो ।
छोरालाई समुद्रमा धकेलेपछि बाबुले आफ्नो छोरा समुद्रमा हराएको भन्दै सरकारी कार्यालयमा क्षतिपूर्ति दाबी गर्न पुगेका थिए ।
स्थानीय प्रहरीलाई शंका लागेपछि सीसीटीभी फुटेज हेर्दा जबर्जस्ती समुद्रमा धकेलिएको पत्ता लागेको हो ।
हेर्नुहोस् भिडियो -