
काठमाडौं, २५ वैशाख – विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम आज सरकारमा जाँदैछ । अध्यक्ष विजयकुमार गच्छदार प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको छलफलपछि उनी सरकारमा जान तयार भएका हुन् ।
गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्रीको सपथ खाने तयारीमा छन् । उनले साझ साढे पाँच बजे राष्ट्रपति कार्यालय सितल निवासमा सपथ ग्रहण गर्ने छन् ।
गच्छदारसँगै सरकारमा जानको लागि नेताहरु दौडधुप गरिरहेका छन् । जितेन्द्र देब, रामजनम चौधरी, गोपाल दहित, शिवलाल थापा, जनकराज चौधरी, सुबोध पोख्रेल मध्ये दुई जनालाई मन्त्री बनाउने विषयमा छलफल भइहेको स्रोतको दाबी छ ।
दहित र थापा भर्खरै गच्छदारसँगै पार्टी एकता गर्दै फोरममा आएका हुन् । जितेन्द्र देब चाहिँ अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेपनि अन्तिम समयमा नाम काटिएको थियो ।
जनकराज चौधरी संसदको वातावरण समितिका सभापति हुन् । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । कुन कुन नेतालाई सरकारमा लैजाने भनेर गच्दारले अहिलेसम्म टुंग्याएका छैनन् ।