०२ असार २०८३, मंगलबार

प्रहरीमा डीआईजीको दरबन्दी १९ पुर्‍याउने तयारी, गृहले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने

प्रहरीमा डीआईजीको दरबन्दी १९ पुर्‍याउने तयारी, गृहले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने

नेपाल प्रहरीमा प्रशासनतर्फ ५ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी थप गरेर १९ जना पुर्‍याउने तयारी गृह मन्त्रालयले थालेको छ । 

मंगलवार प्रहरी प्रधान कार्यालयमा गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीबीच डीआईजीको दरबन्दी थप गर्ने विषयमा छलफल भएको प्रहरी प्रधान कार्यलयले स्रोतले जानकारी दियो । 

‘आईजी सा’प र सचिवज्यूबीच डीआईजी थप गर्ने विषयमा छलफल भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।

गृह मन्त्रालयले डीआईजी दरबन्दी बढुवाको सिफारिस मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्ले पारित गरेपछि ५ वटा दरबन्दी थपिने भएका छन् ।

यसअघि ३५ जना डीआईजीको दरबन्दीलाई घटाएर १४ वटामा सीमित गरिएको थियो । संगठनको स्वरूप बढ्दै जाँदा डीआईजीको दरबन्दी घटाएको भन्दै प्रहरीमा असन्तुष्टिका स्वरहरू सुनिएका थिए । 

हाल ७ वटा प्रदेशमा ७ जना, महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी एकेडेमी, साइबर अनुसन्धान ब्यूरो र प्रहरी प्रधान कार्यालयमा गरी प्रशासनतर्फ १४ जना डीआईजीको दरबन्दी छ भने प्राविधिकतर्फ १२ जना डीआईजीको दरबन्दी छ ।

salt training

कमेन्ट गर्नुहोस्