०८ साउन २०८३, शुक्रबार

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति रोकियो

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति रोकियो

कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालय, ताहचल काठमाडौंले श्रम स्वीकृति लगायत सेवा बन्द गरेको छ । 

वैदेशिक रोजगार कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड– १९ देखिएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै प्रकारका सेवा बन्द गरिएको जानकारी गराएको हो । 

वैदेशिक रोजगारीमा जान चाहनेका लागि सरकारले भदौ महिनादेखि श्रम स्वीकृति खुलाएको थियो । 

भदौ १ देखि असोज १३ गतेसम्ममा २ हजार ९ सय २७ पुरुष र १८९ महिला गरी ३ हजार १ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् । 

हिजो मात्र ४ सय १६ पुरुष र ४ सय ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । 

हेर्नुहोस्, सूचना :


 

salt training

कमेन्ट गर्नुहोस्