१३ असार २०८३, शनिबार

वामदेवविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस, शुक्रवार पनि सुनुवाइ हुने

वामदेवविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस, शुक्रवार पनि सुनुवाइ हुने

नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठन भएको ५ सदस्यीय संवैधानिक इजलासमा बुधवार दिनभर सुनुवाइ भएको हो ।

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वामदेव विरुद्धका रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बुधवार बहस गरेका थिए ।

पक्ष र विपक्षका लागि दुई-दुई घण्टाको समय छुट्ट्याइएकोमा रिट निवेदकका तर्फबाट बद्रिबहादुर कार्की लगायतले बहस गरेका थिए । 

विपक्षीका तर्फबाट आज महान्यायाधिवक्ता अग्नि खरेल लगायतले बहस गरेका छन् । बहस नसकिएकाले सुनुवाइ शुक्रवारसम्मका लागि लागि सरेको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

गौतमको पक्षबाट डा. युवराज संग्रौला लगायतले बहस गर्ने तयारी गरेका छन् । गौतमको पक्षमा दुई दर्जनभन्दा बढी अधिवक्ताले बहसका लागि नाम लेखाएका छन् । 

यसअघि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक अधिकार नदिन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा नियुक्त गरेकी थिइन् ।

गौतमले सोही दिन राष्ट्रिय सभाको सदस्यको शपथ लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्