
काठमाडौं । हाल सेल्फ क्वारेन्टाइनमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा रहेका थिए। केही दिनको सेल्फ क्वारेन्टाइन बसाइ पछि गरिएको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।