×

NMB BANK
NIC ASIA

प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्तावमा विपक्षी दलको असन्तुष्टि, भन्छन्– 'हचुवाका भरमा आयो'

असोज १६, २०७७

NTC
फाइल फोटो
Premier Steels

प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणबारे शुक्रवार प्रदेश सभामा प्रस्ताव पेश भएको छ । 

Muktinath Bank

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र समेटेर देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको नाम भने लुम्बिनी राख्न उनले प्रस्ताव गरेका छन् । प्रदेशको नाम र राजधानी तोक्न प्रस्ताव दुईतिहाइ बहुमतले पास हुनुपर्ने हुन्छ ।


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले प्रस्ताव पेश गरेलगत्तै प्रदेश सभा कतिपय सदस्यले आपत्ति जनाएका छन् ।

Vianet communication

सिफारिश समितिले प्रस्ताव गरेभन्दा फरक ठाउँ र कार्यसूचीमा नभएको प्रस्ताव पेश गरिएको भन्दै प्रदेश सभा सदस्यहरू रमा अर्याल, फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाएका छन् ।

बैठक १९ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तथा रुपन्देहीका सांसद भूमिश्वर ढकालले पार्टीको निर्णय मान्नुपर्ने बताए । 

प्रदेश सभामा विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले राजधानी र नामकरणको प्रस्ताव हचुवाका भरमा आएकाले आफूहरूलाई यो प्रस्ताव मान्य नभएको बताए ।

‘बुटवलमा प्रयाप्त पूर्वाधार हुँदाहुँदै दाङको प्रस्ताव आएको छ, यो कांग्रेसलाई मान्य छैन । प्रस्ताव सहमतिबाट आएको पनि होइन, हामी आन्दोलन गर्छौं । गम्भीर विषयलाई हचुवाका भरमा ल्याइयो ।’

विशेष समितिले तयार पारेको प्रतिवेदन सभा पेश समेत नभएको कनौडियाले बताए । 

नेकपा सांसद भोजप्रसाद श्रेष्ठले विशेष समितिले दिएको रायभन्दा बाहिरबाट प्रस्ताव आएको बताए । उनले भने, ‘राजधानी र नामकरणको प्रस्तावका विषयमा दलको बैठकमा विशेष छलफल हुन्छ ।’ 

जनता समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले सरकारले गलत निर्णय राखेर प्रस्ताव ल्याएको बताए । 

उनले भने, ‘१२ बजेसम्म केही थाहा थिएन हामीलाई अहिले एकाएक दाङ भनेर प्रदेश सभामा प्रस्ताव पेश भयो । यो प्रस्तावको विवक्षमा हामी छौं । राजधानी सार्न पाइँदैन भनेर हामीले भनिराखेका छौं ।’ 
प्रदेश सभामा ८७ सांसद छन्, त्यसमा नेकपाको दुईतिहाइ बहुमत छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x