२४ जेठ २०८३, आइतबार

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु,  ४३ संक्रमित थपिए

असोज १८, २०७७
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु,  ४३ संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

असोज १३ मा कोरोना पुष्टि भएपछि उनी १७ गते भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वास तथा कलेजोमा समस्या देखिएकोमा उपचारक्रममा मृत्यु भएको हो । योसहित नवलपुरमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा आइतबारमात्र ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ४ हजार ५९ पुगेको छ ।

तीमध्ये क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा तनहुँ शुक्लागण्डकीमा कार्यरत ५ जना (चिकित्सक, अनमी, लेखा र प्रशासनमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीसमेत), लमजुङ सुन्दरबजारका ३, राइनासका १ र दोर्दीका १ गरी ५ जना छन् ।

उता, चितवन मेडिकल कलेजमा भएको परीक्षणमा नवलपुरका मात्रै २६ जना संक्रमित थपिएका छन् । उनीहरु देवचुली, गैँडाकोट, विनयत्रिवेणी, कावासोतीका हुन् ।

यस्तै, तनहुँको व्यासका २ र देवघाटका २ जना छन् । गोरखाको पालुङटारका १, स्याङ्जा कालीगण्डकीका १ र बागलुङ काठेखोलाका १ जना संक्रमित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्