
केही केन्द्रीय सदस्य सहित नेताका सहयोगीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको पार्टी कार्यालय ५ दिनको लागि बन्द गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार एक सूचना प्रकाशित गरी असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको जानकारी गराएका हुन ।
१५ गते गरिएको पीसीआर परीक्षणमा गगन थापा, अर्जुन नरसिंह केसी लगायतका केन्द्रीय सदस्यलाई कारोना पुष्टि भएको थियो ।
केन्द्रीय कार्यालय बन्द भएपछि भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक प्रभावित हुने भएको छ । दिउँसोसम्ममा बैठक स्थगित हुने सम्भावना रहेको एक नेताले बताए ।
महाधिवेशन तालिकाको बारेमा छलफल गर्न भोलिका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । 