
काठमाडौं । आइतबारसम्म ७३ जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुस्ताङ, मनाङ र डोल्पाबाहेक सबै जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको छ ।
हालसम्म ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।
