
प्रदेशसभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ ।
बिहान ७ बजेका लागि उपस्थित हुन आइतबार साँझ नै सांसदहरुलाई एसएमएस गरिएको थियो । पार्टीको संसदीय दलको कार्यालयमा बैठक डाकिएको हो ।
नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले ७ बजेका लागि बोलाइएको बैठकमा सांसदहरु जुट्ने तयारीमा रहेको जानकारी दिए ।
बैठकमा सांसदहरुले आफ्ना केही धारणा भए राख्ने भन्ने । पार्टीको संसदीय दलको बैठकमा छुटेका धारणा आजको बैठकमा राख्ने ढकालले जानकारी दिए ।
बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ । यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप लगाउने जानकारी सांसदहरुलाई गराएको छैन ।