३२ असार २०८३, बिहीबार

राजधानी विवाद : अझै शुरू हुन सकेन नेकपा संसदीय दलको बैठक

असोज १९, २०७७
राजधानी विवाद : अझै शुरू हुन सकेन नेकपा संसदीय दलको बैठक

प्रदेश ५ नेकपा संसदीय दलको बैठक अझै बस्न सकेको छैन ।

बिहान ७ बजेका लागि बैठक बोलाएको भएपनि सबै  सांसदहरु नआउँदा बैठक शुरू हुन नसकेको नेकपा प्रदेश ५ प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

आजै सर्वदलीय बैठक समेत बस्ने तय गरिएको छ । असोज १७ गते मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुले आज तय भएको बैठकमा आफ्ना धारणा राख्ने बताइएको छ ।

प्रदेश सभाको बैठक भने १२ बजेका लागि बोलाइएको छ । प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धि पेश भएको प्रस्तावमा आज बाट छलफल हुनेछ । छलफलमा उठेका बिषय माथि आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले जवाफ दिनेछन् । उक्त प्रस्ताव भोलि पास गर्ने तयारीमा सत्तारूढ दल नेकपा को तयारी छ ।

यता प्रदेशको स्थायी राजधानी को प्रस्ताव विरुद्ध आन्दोलन सुरु गरेका नेपाली कांग्रेस सहित यश क्षेत्रका संघसंस्थाले संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ । अहिले प्रदेश सभा सचिवालयमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्