२५ जेठ २०८३, सोमबार

एनआइसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइल्सबाट सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट

एनआइसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइल्सबाट सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट

एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२,०००/– नगद छुट तथा रू. ३,०००/– नगद फिर्ता गरी कुल रू. १५,०००/– रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । 

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा ख्न् ब्गतयmयदष्भिक को तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईज्यूले समझदारीपत्रमा हस्ताक्षर गरे । 

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ख्न् ब्गतयmयदष्भिक का शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा रू. १५०००/– रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख  छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्