२९ जेठ २०८३, शुक्रबार

कडा सुरक्षाबीच बुटवलमा नेकपा संसदीय दलको बैठक शुरू, प्रदेशसभा बाहिर नाराबाजी

असोज १९, २०७७
कडा सुरक्षाबीच बुटवलमा नेकपा संसदीय दलको बैठक शुरू, प्रदेशसभा बाहिर नाराबाजी

सोमवार बिहान ७ बजेका लागि बोलाइएको ५ नम्बर प्रदेशको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक शुरू भएको छ ।

प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान ७ बजेका लागि बोलाइएको बैठक साढे ४ घण्टापछि शुरू भएको हो ।

आइतवार साँझ नै सांसदहरूलाई एसएमएस गरी बिहान ७ बजे बैठकमा बोलाएको भएपनि सांसद नआउँदा बैठक बस्न ढिलाइ भएको थियो । पछि सांसदहरू आएलगत्तै मुख्यमन्त्री शंकर पोखरेल प्रदेशसभा भवनमा कडा सुरक्षाका साथ प्रवेश गरेका छन् ।

नेकपा संसदीय दलको सोमवारको बैठकमा असोज १७ गतेको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदले बोल्नेछन् । बैठकले दाङ देउखुरीको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाउने समेत बताइएको छ । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएका छन् ।

प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ । कांग्रेस नेतृत्वको आन्दोलनमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बुटवल राजधानी हुनुपर्ने भन्दै प्रदेश सरकारलाई निर्णय सच्चाउन माग गरेका थिए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्यले पनि आन्दोलनमा ऐक्यबद्वता जनाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्