१९ असार २०८३, शुक्रबार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ को मृत्यु, सक्रिय संक्रमितको संख्या २३ हजार नाघ्यो

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ को मृत्यु, सक्रिय संक्रमितको संख्या २३ हजार नाघ्यो

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा ५ महिला र १४ पुरुषको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा सुनसरीका ५५ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष रहेका छन् ।

काठमाडौँमा ७६, ८१ र ८३ वर्षीया ३ जना महिला र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय ६ जना पुरुष रहेका छन् । 

ललितपुरमामा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुष रहेका छन् भने चितवनमा ६२ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै कोरोनाका कारण गोरखाका ४५ वर्षीया महिला र नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष रहेका छन् । 

यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ५ सय ५४ जनाको मृत्यु भएको छ । 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २३ हजार नाघेको छ भने साढे १३ हजार परीक्षणमा २४ सय ४० संक्रमित भेटिएका छन् ।

सक्रिय संक्रमितमध्ये ११ हजार १९१ संस्थागत आइसोलेसनमा रहेका छन् भने १२ हजार ३१६ होम आइसोलेसनमा रहेका छन् । 

संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र १५ सय ३१ रहेका छन् । काठमाडौँ जिल्लामा ११ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जना नयाँ संक्रमित फेला परेका हुन् । 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ११ सय ३३ रहेको छ । 

हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या नेपालमा ६५ हजार २०२ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्