
काठमाडौं प्रहरीले करिब ४ करोड मूल्य बराबरको डेट एक्सपायर भएको खाद्य सामग्रीसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अनिल कुमार बन्का, दोलखाकी रस्मिता श्रेष्ठ, कञ्चनपुरका आनन्द प्रसाद अवस्थी, ओखलढुंगाका बिनोद ओझा, खोटाङका रामकुमार खत्री, बाराका सोनु तामाङ र सर्लाहीका मोहन महतो रहेका छन् ।
काठमाडौंको कलंकीस्थित प्रविन कुमार बंका समेतले सञ्चालन गरेको एएसटी कम्पनीमा डेट एक्सपायर भएका विभिन्न चकलेट, तेल क्यामिकल पाउडरलगायतका खाद्य सामग्रीमा कम्पनीको नयाँ स्टिकर हालेर बजारमा बिक्री वितरण भएको सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो ।
सो क्रममा डेट एक्सपायर खाद्यान्न सामाग्रीहरु बरामद गरी कम्पनी सिल गरिएको काठमाडौं प्रहरीले जनाएको छ