२५ जेठ २०८३, सोमबार

ओक्सेम्बर्गले आधिकारिक अनलाइन स्टोर अब नेपालमा

ओक्सेम्बर्गले आधिकारिक अनलाइन स्टोर अब नेपालमा

अक्सेम्बर्ग नेपाल, सियाराम समुहको ब्राण्डले नेपालमा पनि आफ्नो आधिकारिक अनलाइन स्टोर www.oxemberg.store बाट पनि ग्राहकहरुलाई सेवा प्रदान गर्न सुरु गरेको छ ।

अब नेपाली ग्राहकहरुले अक्सेम्बर्गका उत्पादनहरु अनलाइन खरिद सक्नेछन् ।

यसरी खरिद गरिएका सामान ग्राहकले अक्सेम्बर्गको स्टोरहरुमा आफैं गएर पनि प्राप्त गर्नुका साथै घरमै डेलिभरी गराउन पनि सकिने छ ।

गत फागुन महिनामा अक्सेम्बर्गले काठमाडौं सिभिल मल तथा ललितपुरको कुमारीपाटी तथा लाबिम मलमा आफ्नो आधिकारिक आउटलेट खोलेको थियो । त्यहाँ पुरुषहरुका लागि औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध छन् । यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान बनेको छ ।

अनलाइनमार्फत सामान खरिद गर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार फोनपे वा डेलिभरी प्राप्त गर्दा नगद/कार्डबाट पनि भुक्तानी गर्न सकिनेछ । ग्राहकहरुले रु. ८,००० भन्दा माथिको सामान खरिद गर्दा एउटा टाइमेक्स घडी उपहार स्वारूप प्राप्त गर्नेछन् । यसका साथै, “ीब्ग्ल्ऋज्ज्ञण्”  कोड प्रयोग गरेर १० प्रतिशत छुट पनि प्राप्त गर्न सकिनेछ  । यो योजना स्टोर तथा अनलाइनबाट गरिने खरिदमा सिमित समयका लागि मात्रै लागु हुने छ । 
 

ओक्सेम्बर्ग सियारामको एक ब्राण्ड हो । सियाराम ३० वर्षको उच्च प्रविधियुक्त अध्ययन, अनुसन्धान तथा विकास गर्ने समुहका कारण भारत तथा विदेशमा पनि नविन उत्पादन तथा डिजाइनका लागि छुट्टै परिचय बनाएको ब्राण्ड हो ।
पुरुष लुगाको क्षेत्रमा अत्याधिक रुचाइएको अक्सेम्बर्गले विश्वभरका १५०० शहरमा आफ्नो २५०० एमबीओ, १२० ईबीओ र एलएफआरको सञ्जाल विस्तार गरेको छ । ब्राण्डले हाल चलेको फेशन र परिवर्तित शैलीलाई पछ्याउँदै गुणस्तरीय र उचित मुल्यमा संस्थाले मागे जस्तो व्यक्तिलाई सुहाउँदो किसिमका लुगाहरुको ल्याउने वाचा गर्छ ।

सियाराम सिल्क लिमिटेड भारतको एक अग्रिणी कपडा उत्पादन गर्ने कम्पनी हो । वार्षिक कारोबार २५ अर्ब भारतीय रुपैयाँ रहेको यसले ओक्सेम्बर्र्गको बजारलाई भारत तथा विदेशमा पनि बढाउँदै लैजाने उद्देश्य राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्