
मन्त्रिमण्डल पुनर्गठन तथा संवैधानिक आयोगहरूमा नियुक्तिको विषयलाई लिएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बिहीवार बिहान साढे ११ बजे बालुवाटार पुगेका छन् ।
सहयोगीहरूका अनुसार अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमै छलफल केन्द्रित छ ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
केही मन्त्री मात्र हेरफेर गर्ने कि व्यापक पुनर्गठन गर्ने भन्नेबारे सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको नेकपा स्रोत बताउँछ ।
मंगलवार बसेको सचिवालय बैठकमा भने पुनर्गठनबारे छलफल हुन सकेको थिएन ।