२७ जेठ २०८३, बुधबार

द फास्ट मार्टले शुरू गर्‍यो निशुल्क 'होम डेलिभरी' सहितको सेवा

द फास्ट मार्टले शुरू गर्‍यो निशुल्क 'होम डेलिभरी' सहितको सेवा

द फास्ट मार्ट प्रालिले निशुल्क होम डेलिभरी सुविधासहित आफ्नो सेवा शुरू गरेको छ ।

कम्पनीले www.thefastmart.com वेबसाइटमा सामान खरिद गर्ने ग्राहकले निशुल्क आफ्नै घरमा ३० मिनेटदेखि २ घन्टाभित्रमा सामान घरमै पाउने गरी सेवा शुरू गरेको जनाएको हो । 

कम्पनीले शुरूमा लुम्बिनी प्रदेशको बुटवल र भैरहवा क्षेत्रभित्र पर्ने स्थानमा सेवा दिने जनाएको छ । 

अनलाइनबाट खरिद गर्ने सामानमा अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । साथै विशेष छुटको पनि व्यवस्था मिलाएको छ । 

खाना,खाजा,तरकारी, माछामासु लगायतका सामान अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले जुत्ता चप्पल तथा सौन्दर्यका सामानपनि अनलाइनमा पाइनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्