
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा *४३ सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
बिहीवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ को पीसीआर परीक्षण गरिएको र तीमध्ये ४३ सय ६४ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ ।
डा. गौतमले काठमाडौँ जिल्लामा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० संक्रमित फेला परेको बताए ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २६ सय ७५ रहेको छ ।
नेपालमा हालसम्म ७१ हजार ३ सय ४३ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
*प्रवक्ता गौतमले गल्ती भएको लाइभ ब्रिफिङका क्रममा गल्ती भएकोबताइसकेकाले सच्च्याइएको छ ।