
काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित धमाधम थपिँदै गर्दा सरकारले भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा भएका ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् । अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।
आज काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् ।