३१ जेठ २०८३, आइतबार

भक्तपुरमा जग्गा किन्ने बहानामा आएका लुटेराको आक्रमण, एकको मृत्यु

असोज २२, २०७७
भक्तपुरमा जग्गा किन्ने बहानामा आएका लुटेराको आक्रमण, एकको मृत्यु

जग्गा किन्न भनि आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा आज स्थानीयवासी ६१ वर्षीय चन्द्र कुमार योञ्जनको मृत्यु भएको हो ।

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते  योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र  उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाको भनाइ छ ।

 कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न दुई व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्