
टिभिएस दशैंको आशा' स्कीमअन्तर्गत दोस्रो हप्ताको विजेता छनोट गरिएको छ। हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गोला प्रथाबाट विजेता छानिन्छ।
पहिलो हप्ताको विजेता अमितजंग सिटौला भएका थिए। उनले टिभिएस अपाचे आरआर ३१० जितेका थिए।
दोस्रो साताको विजेता हेमलता ठगुन्ना भएकी छन्। यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन। 'टिभिएस दशैंको आशा' योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार रुपैयाँ र स्कूटरको खरिदमा सात हजार रुपैयाँ पाइन्छ। ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्छन्, यसमा ब्याज लाग्दैन।
यी दुईमध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महँगो मोटरसाइकल हो। हरेक हप्ता हुने 'लक्की ड्र' मा भाग लिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ। जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् र आरआर ३१० जित्ने अवसर पाउने छन्।
यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु रहेको विज्ञप्तिमा उल्लेख छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेयर्स डिलरहरु छन्। ११० देखि ३१० सिसिसम्मको उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिकको विविधता रहेको छ।