०९ असार २०८३, मंगलबार

सप्तरीकी दाईमन यादवको हत्या संलग्न ३ जना पक्राउ

सप्तरीकी दाईमन यादवको हत्या संलग्न ३ जना पक्राउ

सप्तरी तरहुत गाउँपालिका–२ की ५० बर्षीया दाईमनदेबी यादवको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यहि असोज १० गते राती आफ्नो घरमा बसेको समयमा मृतक यादबलाई घाँटीमा डोरीले बाँधेर हत्या गरि फरार सप्तरी तिरहुत गाउँपालिका–२ मैनाकडरीका २१ बर्षीय अजयकुमार यादब, ५२ बर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका–११ ठेलीका ५२ बर्षीय बमबहादुर साहले हत्या गरेको २ नम्बर प्रदेश प्रहरीले जनाएको छ । 

उनीहरुलाई २६ गते पक्राउ गरेर थप अनुसन्धानका क्रममा उनीहरुले आफूले हत्या गरेको स्वीकारेका छन् । उनीहरुलाई अरु थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ । 

मृतक महिलाले अभियुक्त ओमप्रकाश यादवसँग देउरानीको अनैतिक सम्वन्ध भएको थाहा पाएपछि हत्या भएको स्वीकारेका छन् । 

यस्तै अभियुक्त अजय यादव र मृतक दाइमनदेवी यादव विच २ विघा जग्गाको विषयलाई लिएर विवाद भएको देखिएको २ नम्बर प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्