१० साउन २०८३, आइतबार

नेकपा कर्णाली विवाद– कुर्मराज शाही दलको सचेतक नियुक्त !

नेकपा कर्णाली विवाद– कुर्मराज शाही दलको सचेतक नियुक्त !

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसद कुर्मराज शाहीलाई दलको सचेतक नियुक्त गरेका छन् । 

प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि रिक्त स्थानमा शाहीलाई नियुक्त गरिएको हो । 

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले कालीकोटबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक नियुक्त गरेको जानकारी दिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले मुख्य सचेतक शाहलाई हिजो प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्