१० साउन २०८३, आइतबार

काठमाडौंमा थपिए २ हजार १ सय २९ कोरोना संक्रमित

काठमाडौंमा थपिए २ हजार १ सय २९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १ सय ६७ जना संक्रमित थपिएका हुन् ।

देशभरमा भने ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

१५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले  जनाएको छ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या भने ३५ हजार ९ सय १५ पुगेको छ । 

६ सय ६३ जनाको मृत्यु हुँदा ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्