
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केर मेट भएको, खुलिएको,नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ ।
आज मात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटर गार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घन गरि हिँड्ने, दुर्घटना गरि फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।
यस अभियानलाई गत आइतबारदेखि कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएका छौ ।
यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए ।
उनले यस कारवाही अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको बिकास समेत गर्ने अपेक्षा लिएको बताए ।
सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरी र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीलाई महाशाखाले अनुरोध समेत गरेको छ ।
पढ्नुहोस् यो पनि -