
काठमाडौं । विभिन्न ३२ मुलुकबाट हालसम्म १ लाख ५ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मंगलबारसम्म १ लाख ५ हजार २३४ नेपाली स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किने मध्ये ठूलो संख्याका नेपाली खाडीमा कार्यरत हरु रहेको केन्द्रले जनाएको छ ।
कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।

