२६ असार २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरूआत

ग्लोबल आईएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरूआत

ग्लोबल आईएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२७ पुगेको छ ।

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा टेकबहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका वासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा शुरू गरेका छन् ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २२७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्