०९ साउन २०८३, शनिबार

पहिलो पटक प्रदेशमै खुल्यो लोक सेवा विज्ञापन, यी पदमा आवेदन आह्वान

असोज २८, २०७७
पहिलो पटक प्रदेशमै खुल्यो लोक सेवा विज्ञापन, यी पदमा आवेदन आह्वान

लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले पहिलो पटक स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन आह्वान गरी कर्मचारी माग गरेको छ ।

स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरिएका छन् ।   

इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको बुधवार प्रकाशित विज्ञापनमा उल्लेख छ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुसालले इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लोकान्तरलाई जानकारी दिए । 

उनले निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि रहेको बताए । दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सकिने छ । 

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् । प्रदेश लोक सेवा आयोग गठनपछि विज्ञापन समेत आह्वान गर्न थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्