०८ असार २०८३, सोमबार

आफैं प्रधानमन्त्री बन्न कमल थापाले सरकार छाडेको खुलासा

कात्तिक २०, २०७४
आफैं प्रधानमन्त्री बन्न कमल थापाले सरकार छाडेको खुलासा
भित्रको झगडा भित्रै मिलाउन छाडेर बिनावित्थामा राष्ट्रपतिलाई मुछ्दै राप्रपामा अर्को भाडभैलो छ ।
स्थानीय निर्वाचन सफल पर्ने भन्दै सरकारमा गएको राप्रपा दुई हप्ता नवित्दै प्रधानन्यायाधीशमाथि महाअभियोगको विरोधका नाममा सरकारबाट बाहिरिनुपछाडि अन्तर्कथा भने अर्कै छ ।
दिनमा तीनचोटी कुरा फेरेरै १५ गते राप्रपाले सरकारर छोडेको हो ।

त्इसदिन बिहान ८७ बजे लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा र कमल थापाको हाइकमाण्ड बस्यो । सहमति थियो, सरभर सरकारबाट नहट्ने ।

हट्नै परे कमल थापा निस्कने र त्यो ठाउँमा सुशील श्रेष्ठलाई पठाउने । त्यसपछि केन्द्रीय समितिको बैठकमा दिउँसो छलफल शुरु भयो । हरिबहादुर बस्न्यात बोल्न थाले । बोल्ने क्रम आधाउधी भएपछि एक बजे राष्ट्रपतिकहाँ जानु छ भनेर कमल थापा हिँडे ।

५ बजेतिर जुटेर सरकारमा बस्ने कि छाड्नेसम्बन्धमा छलफल चल्दै थियो ।

अन्तिममा पशुपति समशेर बोलिरहेका थिए । तर, बीचैमा रोकेर कम थापाले ल्यापटप खोली निर्णय नै सुनाइदिए, सरकार छाड्ने भनेर । अघिसम्म छलफलमा सहभागी भएर , त्यसको निष्कर्षका आधारमा अघि बढ्ने मनस्थितिका कारण कमल थापा केही घण्टा हराउनेबित्तिकै त्यस्तो के कुराले प्रभाव पा¥यो, जसबाट सरकार छाड्ने कठोर निर्णय लिनुप¥यो ? विश्लेषण गरियो, पक्कै पनि राष्ट्रपतिसँ कुरा भएपछि भड्किएको हुनुपर्छ भन्दै ।
चर्चा चल्यो, भारले कांग्रेस माओवादी गठबन्धन कामय गर्न खोजेको छ । १ वा २ गते प्रचण्डले राजीनामा दिनेछन् । त्यसपछि नयाँ गठबन्धनको विकल्प खोजी शुरु हुन्छ । यसमा प्रधानमन्त्री बन्ने कमल थापाको महत्वाकांक्षा हुनसक्छ । किनभने, उनी यत्तिकै जुवा खेल्ने मान्छे हैनन् ।

सरकार छोड्नुपर्ने पक्षमा बोल्नेहरु राजीव पराजुली, उद्धव पौडेल, भुवन पाठक, ध्रुवबहादुर प्रधानलगायत थिए ।
त्यस्तै पशुपतिशमशेर राणा, लोकेन्द्र बहादुर चन्द, दीपक बोहरा, बुद्धिमान तामाङलगातय थिए । उनीहरुले सरकारमा हुँदा र नहुँदा चुनावमा २० प्रतिशत मनोवैज्ञानिक असर पर्ने बताएका थिए ।
- जनआस्थाबाट

salt training

कमेन्ट गर्नुहोस्