२६ असार २०८३, शुक्रबार

चुनाव प्रचारका क्रममा मञ्चमै नाचे ट्रम्प (भिडियो)

असोज २८, २०७७
चुनाव प्रचारका क्रममा मञ्चमै नाचे ट्रम्प (भिडियो)

अमेरिकामा नोेभेम्बर ३ मा हुन लागेको राष्ट्रपति निर्वाचनले देश तताएको छ । 

बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प चुनाव जित्नका लागि अनेकौं क्रियाकलाप गरिरहेका छन् । प्रतिद्वन्द्वी जो बाइडनले उनलाई कठोर चुनौती दिइरहेका छन् । 

कोरोनाबाट निको भएपछि ट्रम्प चुनाव प्रचारका लागि फ्लोरिडा पुग्दा भीड देखेर गदगद भए । मञ्चमा चढेर भाषण दिन लाग्दा संगीतको धुन बज्यो अनि उनी नाच्न थाले । ट्रम्प नाचेको देखेर उनका समर्थकहरू र भीडमा रहेका मानिस पनि नाच्न थाले । 

समर्थकहरू ट्रम्पलाई देखेर रोमाञ्चित हुँदा विपक्षी पार्टी र आलोचकहरूले ट्रम्पलाई सामाजिक सञ्जालमा बेस्सरी उडाए । 

कोरोनाले थला पारेको अमेरिकामा ट्रम्पको र्‍यालीमा सामाजिक दूरीको धज्जी उडाइयो । भीडमा अधिकांश मानिसले मास्क लगाएका थिएनन् । 

कुल ६५ मिनेटको भाषणमा ट्रम्पले कोरोनामुक्त भएपछि आफू थप शक्तिशाली भएको अनुभव गरिरहेको बताए । आफू स्वस्थ रहेको उनी मानिसहरूलाई देखाउन चाहन्थे । 

salt training

कमेन्ट गर्नुहोस्